२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

images

  • २०८१ भदौ २३, आइतबार
  • 1.2K
    SHARES
  • महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य

    काठमाडौँ : महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपाल बीचको सहकार्यले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण प्रस्तुत गरेको छ। बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्न र पुन: प्रयोग तथा पुन: प्रशोधनको माध्यमबाट पर्यावरणमैत्री कदम चालिएको छ।

    यस सहकार्यको मुख्य उद्देश्य कागजको पुनःप्रयोग गरेर वातावरणीय संरक्षण गर्नु र आर्थिक रुपमा पिछडिएका विद्यार्थीहरुको शैक्षिक विकासमा योगदान पुर्‍याउनु हो। राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुबाट कागज संकलन गरी पुनःप्रशोधनका लागि कागज उत्पादक कम्पनीलाई दिनेछ, र सोबाट प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा खर्च गरिनेछ।

    यो पहलले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम र राउण्ड टेबल नेपालको "बालबालिकालाई शिक्षित गरौं" परियोजनालाई थप सुदृढ बनाउने विश्वास लिएको छ। महालक्ष्मी विकास बैंक, जसले ३० वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।  यस सहकार्यबाट सामाजिक र वातावरणीय योगदानमा थप एक कदम अघि बढाएको छ।

    “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन्

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ