२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

दक्षिण कोरिया : नेपाली युवाहरूको आकर्षक रोजगार गन्तव्य र इपिएस प्रणालीका चुनौतीहरू

images

  • २०८१ भदौ २३, आइतबार
  • 996
    SHARES
  • दक्षिण कोरिया : नेपाली युवाहरूको आकर्षक रोजगार गन्तव्य र इपिएस प्रणालीका चुनौतीहरू

    काठमाडौँ : दक्षिण कोरिया पछिल्ला केही दशकदेखि नेपाली युवाहरूका लागि प्रमुख रोजगार गन्तव्यका रूपमा उदाइरहेको छ। यो आकर्षण विशेषगरी रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीको अवसरका कारण बढेको हो। सन् २००८ देखि इपिएसमार्फत नेपाली श्रमिकलाई दक्षिण कोरियामा रोजगारीको अवसर प्रदान गर्दै आएको छ। जसमा सहभागी हुने नेपाली युवाहरूको सङ्ख्या वर्षेनि बढिरहेको छ।

    सन् २०२४ का लागि मात्र १ लाख ९९ हजार भन्दा बढीले कोरियन भाषा परीक्षाका लागि आवेदन दिएका छन्। जुन हालसम्मकै उच्च हो। इपिएस परीक्षामा सफलता पाएपछि श्रमिकहरूले करिब ५ वर्ष दक्षिण कोरियामा काम गर्ने अवसर पाउँछन्। हालसम्म करिब १ लाख ५ हजारभन्दा बढी नेपाली श्रमिकले दक्षिण कोरियामा रोजगारी पाइसकेका छन्।

    दक्षिण कोरिया सुरुमा कृषि तथा पशुपालन क्षेत्रमा मात्र नेपाली श्रमिक लैजाने गथ्र्यो। तर पछिल्ला वर्षहरूमा उत्पादन, सेवा, पानी जहाज, र वन क्षेत्रसम्म रोजगारीको दायरा विस्तार हुँदै गएको छ। नेपालले अन्य गन्तव्यको तुलनामा दक्षिण कोरियामा श्रमिकहरूलाई न्यून सामाजिक समस्या भोग्नुपर्ने भएको छ। किनकि त्यहाँको श्रम कानुनको प्रभावकारी कार्यान्वयन छ।

    तर, इपिएस प्रणालीमा केही चुनौतीहरू पनि छन्। भाषा परीक्षा पास गरे पनि सबै युवाहरूलाई तुरुन्तै रोजगारी पाउन कठिन भएको छ। जसका कारण केहीले लामो समय पर्खनु परेको छ। रोष्टरमा रहेका करिब २४ हजार नेपाली श्रमिक अहिलेसम्म रोजगारदाताको छनोटमा परेका छैनन्।

    श्रमिकहरूको व्यवस्थापनमा सुधार गर्न र भाषापरीक्षा तथा रोजगारीको बीचमा तालमेल मिलाउन कूटनीतिक पहल आवश्यक छ भन्ने सुझाव शाखाका निर्देशकहरूले दिएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ