२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

निजी अस्पतालहरुलाई पनि बीमाको सुविधा दिने तयारी छ : स्वास्थ्य मन्त्री

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 1.7K
    SHARES
  • निजी अस्पतालहरुलाई पनि बीमाको सुविधा दिने तयारी छ : स्वास्थ्य मन्त्री

    काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि स्वास्थ्य बीमाको सुविधा दिनुपर्ने बताएका छन्। 

    एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्र सीमित स्वास्थ्य बीमा सुविधालाई निजी अस्पतालहरूमा पनि लागू गर्ने योजना रहेको जानकारी दिए। 

    साथै, बीमा बोर्डलाई शक्तिशाली बनाउने आवश्यकता औंल्याउँदै, निजी अस्पतालहरूले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने व्यवस्था पारदर्शी बनाउनु पर्नेमा उनले जोड दिए। मन्त्रीले दिनदिनै विपन्न नागरिकको उपचारको विवरण सार्वजनिक गर्न पनि निजी अस्पतालहरूलाई आग्रह गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ