२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

images

सत्कार खबर
  • २०८१ भदौ २१, शुक्रबार
  • 996
    SHARES
  • बाढीले बगाउँदा बागलुङमा दुई जनाको मृत्यु, एक बेपत्ता

    काठमाडौं :बागलुङ नगरपालिका( ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
    कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।

    मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरीले जवनाएको छ ।  

    बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएको प्रहरीको भनाइ छ। सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो।

    ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरीले जानकारी दिएको छ। बेपत्ता कमलको खोजी भइरहेको छ। अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ