२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 751
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर ?

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकीडलरको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १३४.०८ रुपैयाँ र बिक्रीदर १३४.६८ रुपैयाँ तोकेको छ, जुन अहिलेसम्मकै उच्च हो।

    यस्तै, युरोको पनि मूल्य उच्च रहेको छ, जहाँ आज एक युरोको खरिददर १४८.९३ रुपैयाँ र बिक्रीदर १४९.६० रुपैयाँ छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६.६४ रुपैयाँ र बिक्रीदर १७७.४३ रुपैयाँ कायम छ। जबकि अष्ट्रेलियन डलर एकको खरिददर ९०.२४ रुपैयाँ र बिक्रीदर ९०.६५ रुपैयाँ तोकिएको छ भने क्यानेडियन डलरको खरिददर ९९.२५ रुपैयाँ र बिक्रीदर ९९.७० रुपैयाँ छ।

    यस्तै, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, र मलेसियन रिंगिटजस्ता खाडी मुलुकका मुद्राहरूको विनिमय दर पनि स्थिर देखिएको छ। साउदी रियालको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ तोकिएको छ भने युएई दिरामको खरिददर ३६.५१ रुपैयाँ र बिक्रीदर ३६.६७ रुपैयाँ रहेको छ।

     

    exchange.jpg
    Source : Nepal Rastra Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ