२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
जल तथा मौसम

देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह

images

  • २०८१ भदौ २१, शुक्रबार
  • 911
    SHARES
  • देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मौसम पूर्वानुमान महाशाखा अनुसार, कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    शुक्रबार दिउँसो पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही भागमा भारी वर्षा हुने अनुमान गरिएको छ। रातको समयमा पनि देशका पहाडी भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेको छ र बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

    गएराति पाल्पा, कपिलवस्तु, रुपन्देही, प्युठान, कैलाली, बागलुङ, र सिन्धुपाल्चोकमा भारी वर्षा मापन गरिएको छ। यी क्षेत्रका नदी तथा खोलामा बाढी आउने र होचा स्थानहरूमा डुबानको जोखिम रहेको हुँदा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    राती पनि देशभर आंशिकदेखि साधारणतया बदली रहन सक्ने अनुमान गरिएको छ। सम्भावित स्थानहरूमा भारी वर्षा, गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षय जस्ता प्रकोपहरूको जोखिम रहेकाले विभागले सम्भावित क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, तथा हवाई यातायातमा आंशिक असर पार्न सक्ने सम्भावना रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ