२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित

images

  • २०८१ भदौ १९, बुधबार
  • 871
    SHARES
  • गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित

    काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले 'सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक' अवार्ड प्राप्त गरेको छ। यो सम्मान भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ र अवार्ड कार्यक्रममा प्रदान गरिएको हो।

    यस प्रतिस्पर्धामा बिम्स्टेक क्षेत्रका नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको थियो। गरिमा विकास बैंकले यो अवार्ड प्राप्त गर्दा यसको कर्जा र अन्य लगानीहरूको गुणस्तर उत्कृष्ट र सुरक्षित रहेको जनाइएको छ।

    कार्यक्रममा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग इकाई प्रमुख नकुल पौडेल उपस्थित थिए। सो अवसरमा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपालको बैंकिङ्ग परिदृश्य, प्रविधिको प्रयोग, र आगामी चुनौतीहरूको बारेमा पनि धारणा प्रस्तुत गरेका थिए।

    यस कन्क्लेभमा बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद, र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष सुनिल पण्डिता मुख्य वक्ताको रूपमा सहभागी थिए। साथै, श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पनि उपस्थित थिए।

    गरिमा विकास बैंक लिमिटेड काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको छ र यसले काठमाडौं उपत्यकामा २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर, र ५० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

    Best-Assets-Quality-min.png
    Garima Bikas Bank

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ