२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.4K
    SHARES
  • बैंकमा पैसा थुप्रियो, ४० अर्ब तरलता तान्दै नेपाल राष्ट्र बैंक

    काठमाडौँ : नेपाल राष्ट्र बैंकले बजारमा थुप्रिएको अत्यधिक तरलतालाई व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। यसका लागि बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरी २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने योजना बनाएको हो। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन्, र निक्षेप संकलनको बोलकबोल पनि आजै हुने छ।

    भदौ १६ गतेको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ६४ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। तर, त्यही अवधिमा मात्र ५१ खर्ब ९४ अर्ब रुपैयाँ बराबर कर्जा लगानी भएका छन्, जसले गर्दा बैंकहरूमा ६ खर्बमाथिको लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ।

    हाल बैंकहरूको सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) ७८.९४ प्रतिशतमा रहेको छ, जुन नियमअनुसार ९० प्रतिशतसम्म जान सकिन्छ। तर, कर्जाको माग नहुँदा बैंकहरूले लगानी विस्तार गर्न नसकिरहेको अवस्था छ। यस्तो परिस्थितिमा, बैंकहरू सस्तो ब्याजदरमा केन्द्रीय बैंकलाई निक्षेप बुझाउन बाध्य भएका छन्।

    नेपाल राष्ट्र बैंकले तरलता अभाव हुँदा रिपोमार्फत तरलता प्रवाह गर्ने र अत्यधिक तरलता हुँदा रिभर्स रिपो (निक्षेप संकलन बोलकबोल) मार्फत तरलता प्रशोचन गर्ने नीति अवलम्बन गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ