२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदान प्रदानका लागि रणनीतिक साझेदारी

images

  • २०८१ भदौ १९, बुधबार
  • 1.4K
    SHARES
  • आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदान प्रदानका लागि रणनीतिक साझेदारी

    काठमाडौँ : आइएमई लिमिटेड तथा कमर्स प्लेक्सबीच रेमिट्यान्स सम्बन्धी रणनीतिक साझेदारीका लागि हस्ताक्षर भएको छ । आप्रवासी नेपालीहरुबाट पठाउने रेमिट्यान्समा व्यवस्थित गर्न सहकार्य गर्ने उद्देश्यले उक्त साझेदारी भएको हो ।

    आइएमई लिमिटेड र कमर्स प्लेक्सबीच रेमिट्यान्स सम्बन्धी रणनीतिक साझेदारीको हस्ताक्षर समारोहमा प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो। आइएमईको काठमाण्डौस्थित कर्पोरेट कार्यालयमा भएको उक्त हस्ताक्षर समारोहमा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटुवाल तथा कमर्स प्लेक्सका तर्फबाट व्यवसाय प्रमुख शाहरोज ए खानलगायत नेपाल र बंगलादेशका कन्ट्री म्यानेजर सञ्जना फरीद साथै नेपालका डेपुटी कन्ट्री म्यानेजर शैलेन्द्र जोशी पनि उपस्थित थिए ।

    कमर्स प्लेक्सका व्यवसाय प्रमुख शाहरोजले यस साझेदारीले वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्दै, प्रवासी नेपालीहरूलाई भरपर्दो माध्यमबाट पैसा पठाउन थप सशक्त बनाउने महत्त्वपूर्ण कदमको रूपमा रहेको उल्लेख गरे। आईएमइ लिमिटेड तथा कमर्स प्लेक्स लिमिटेड बीचयो साझेदारीले दुवै पक्षलाई अतुलनीय फाइदा पुग्ने बिश्वास ब्यक्त गरिएको छ भने आप्रवासी नेपालीहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ । 

    ime1.jpg
    आइएमई र कमर्स प्लेक्सबीच रेमिट्यान्स आदान प्रदानका लागि रणनीतिक साझेदारी

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ