२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियाे

images

सत्कार खबर
  • २०८१ भदौ १७, सोमबार
  • 726
    SHARES
  • इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियाे

     एजेन्सी: इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ ।

    प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ ।

    तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् ।हिजो शान्तिपूर्ण रुपमा आन्दोलन शुरु भए पनि  प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध भएका बीबीसीले जनाएको छ ।

    प्रधानमन्त्री नेतन्याहु र उहाँको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप प्रदर्शनकारीको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो ।

    यसैबीच इजरायलको ट्रेड युनियनले हमाससँगको सम्झौताका लागि सरकारलाई दबाब दिन भन्दै आज देशव्यापी हडताल गरेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ