२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२ दिन उच्च अंकले घटेको नेप्से आज सामान्य बढ्यो, कारोबार रकम भने निकै घट्यो

images

सत्कार खबर
  • २०८१ भदौ १२, बुधबार
  • 541
    SHARES
  • २ दिन उच्च अंकले घटेको नेप्से आज सामान्य बढ्यो, कारोबार रकम भने निकै घट्यो

    काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो । यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ ।

    आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो । यसअघि मंगलबार भने सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको थियो । बुधबार बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ, मिचुअल फन्ड र अन्य उपसूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ ।

    यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ