२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

images

सत्कार खबर
  • २०८१ भदौ १२, बुधबार
  • 491
    SHARES
  • बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

     काठमाडौं :राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। बुधबार निक्षेप संकलन विधिबाट २१ दिनको लागि राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको हो।

    यसअघि गत भदौ २ गते पनि राष्ट्र बैंकले निक्षेप संकलनमार्फत ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २३ अर्ब ६० करोड राखेका थिए।  बैंकहरूले औसत २.८८ प्रतिशत ब्याजमा यो रकम राखेका हुन्।

    भदौ ११ सम्ममा राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा अन्तर्गत पटक–पटक गरेर ५१ खर्ब ६ अर्ब रूपैयाँ उठाएको छ। यसमध्ये एक खर्ब ७४ अर्ब रूपैयाँ बैंकिङ प्रणालीमा फिर्ता हुन बाँकी छ। त्यस्तै, विभिन्न उपकरणमार्फत बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल तीन खर्ब १० अर्ब रूपैयाँ राष्ट्र बैंकमै छ। यो भदौ ११ गतेसम्मको तथ्यांक हो।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ