२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शेयर बजारमा नक्कली कारोबार हुन दिदैनौ :अर्थमन्त्री पौडेल

images

सत्कार खबर
  • २०८१ भदौ ६, बिहीबार
  • 646
    SHARES
  • शेयर बजारमा नक्कली कारोबार हुन दिदैनौ :अर्थमन्त्री पौडेल

    काठमाडौं :उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजीबजारमा एक जनाको मात्रै एकाधिकार रहन नदिने बताउनु भयो । धितोपत्र सम्बन्धि पहिलो संशोधन विधेयक, २०८१ का विषयमा संसदमा जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।

    अर्थमन्त्री पौडेलले पुँजीबजारमा ६४ लाख बढीले डिम्याट खाता र दोस्रो बजारमा २२ लाख बढी लगानीकर्ताले धितोपत्रको कारोबार गर्ने गरेको भन्दै एक जनाको एकाधिकार रहने अवस्था नभएको स्पष्ट पार्नु भयो ।

    उहाँले यदि एक वा कुनै समूहको एकाधिकार भएपनि सरकारले त्यस्तो गर्न नदिने धारणा राखे । उहाँले शेयर बजारमा नक्कली कारोबार हुन नदिने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकारले शेयर बजारलाई परिपक्व,अनुशासित र दिगो ढङ्गले विकसित गर्ने दृष्टिकोणका साथ काम गरिरहेको बताउनु भयो ।

    उहाँले शेयर बजारमा कुनैपनि प्रकारका अवाञ्छित क्रियाकलाप,कर्नर र इन्साइडर टे«डिङ हुन नदिने र विभिन्न प्रकारका सामाजिक सञ्जालमा गु्रपहरु बनाएर शेयर लगानीकर्तालाई भ्रम पार्न नदिने विषयमा सरकारले ध्यान दिएको उल्लेख गर्नु भयो ।

    अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति सिफारिस समितिले सिफारिस गरे बमोजिम नियुक्ति हुने कानूनी व्यवस्था भएको भन्दै कुनैपनि पार्टी वा पार्टीको नेताले चाहेर व्यक्ति अक्ष्यक्ष हुन नसक्ने बताउनु भयो ।

     बोर्डको अध्यक्ष नियुक्ति सरकारले नेपाल धितोपत्र बोर्ड ऐन दफा ७ को कानूनी प्रक्रिया र विधि बमोजिम अध्यक्ष नियुक्ति हुने उहाँको भनाई छ । उहाँले सरकारलाई अध्यक्ष नियुक्तिमा कसैले प्रभाव पार्न नसक्ने भन्दै मिडियामा प्रकाशित समाचारका आधारमा धारणा बनाउन आवश्यक नभएको बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ