२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युतको बक्यौता एक रुपैयाँ पनि नछाडी उठाइन्छ : प्रधानमन्त्री ओली

images

  • २०८१ भदौ ६, बिहीबार
  • 671
    SHARES
  • विद्युतको बक्यौता  एक रुपैयाँ पनि  नछाडी उठाइन्छ : प्रधानमन्त्री ओली

     काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रंक लाइनका बक्यौता एक रुपैयाँ पनि नछाडेर उठाउने स्पष्ट पार्नु भएको छ ।

    प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नु भयो,, ‘बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ ।

    विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।’

    उहाँले सरकार र प्राधिकरणबीच कुनै मतभेद नभएको पनि प्रष्ट पार्नु भयो  । उहाँले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गर्नु भयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ