काठमाडौं : काठमाडौँको मुख्य नाका नागढुंगा नजिकै पहिरो झरेपछि दुईतर्फी राजमार्ग अवरुद्ध भएको छ। आज बिहान १० बजे देखि ढुंगामाटो र रूखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
नागढुंगाका प्रहरी निरीक्षक हेम थपलियाका अनुसार सडकमाथिबाट ढुंगा खस्ने क्रम रोकिएको छैन। ढुंगा खसिरहेकाले काठमाडौँ(नागढुंगा सडक दुईतर्फी बन्द गरिएको छ ।
पहिरो पन्छाउन दुईतर्फी डोजर तयार रहे पनि पहिरो खसिरहेको हुनाले काम भने शुरु भएको छैन। ढुंगा खस्ने क्रम रोकिएपछि मात्रै पहिरो पन्छाउन शुरु हुनेछ।



