२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चितवनमा मोटरसाइकल दुर्घटना : बरिष्ठ हबल्दारको मृत्यु

images

सत्कार खबर
  • २०८१ भदौ ३, सोमबार
  • 861
    SHARES
  • चितवनमा मोटरसाइकल दुर्घटना : बरिष्ठ हबल्दारको मृत्यु

    काठमाडौं : पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा नेपाल प्रहरीका बरिष्ठ हबल्दारको मृत्यु भएको छ । बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक  वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा आज बिहान ३ बजेर १९ मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    लमजुङको राइनास नगरपालिका, धमिलीकुवाका ४३ वर्षीय श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए । उहाँ आफैं मोटरसाइकल चलाएर चितवनको खोलेसिमलस्थित निवासमा आउने क्रममा बिहानपख पौने तीन बजेतिर दुर्घटनामा पर्नु भएको थियो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ