काठमाडौं : नेकपा एमालेको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा मुख्यमन्त्री चेतनारायण आचार्य चयन हुनुभएको छ ।
बुटवलस्थित मुख्यमन्त्रीको निवासमा प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा शनिबार बसेको संसदीय दलको बैठकले यसअघि उपनेता रहेका आचार्यलाई नेता चयन गरेको हो ।
यस्तै उपनेतामा भोजप्रसाद श्रेष्ठ चयन हुनु भएको छ । दल नेता भएपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गर्नु भएको हो ।



