२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पिटलमा विशेष छुट सम्झौता

images

  • २०८१ साउन ३२, शुक्रबार
  • 656
    SHARES
  • प्रभु बैंकका ग्राहकलाई समाज डेन्टल हस्पिटलमा विशेष छुट सम्झौता

    काठमाडौँ : काठमाडौँ बानेश्वरस्थित समाज डेन्टल हस्पिटल र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीलाई डेन्टलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ। डेण्टल र बैंकबीच ग्राहकलाई लक्षित गरी दन्त स्वास्थ्यमा छुट प्रदान गर्ने सम्झौता भएको हो। 

    अस्पतालका सेवामा बैंकका ग्राहकले १० देखि १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो। डेण्टलका  सम्पूर्ण  शाखामा छुट सुविधा प्राप्त गर्न सकिनेछ।

    ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ