२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम कति कित्ता किन्न पाइन्छ ?

images

सत्कार खबर
  • २०८१ साउन ३२, शुक्रबार
  • 626
    SHARES
  • एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम कति कित्ता किन्न पाइन्छ ?

     काठमाडौं : एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको ५ लाख ३० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

    शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी, जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आज (साउन ३२) देखि भदौ ११ गतेसम्म निवेदन दिन सक्नेछन् ।  शेयरको न्यूनतम मूल्य २७५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।

    शेयर खरिदका लागि बोलपत्र पेस गर्दा लगानीकर्ताले न्यूनतम २ लाख कित्ता वा सोभन्दा बढीका लागि १० ले भाग जाने संख्यामा वा अधिकत सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी दिनुपर्नेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ