२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता

images

सत्कार खबर
  • २०८१ साउन २८, सोमबार
  • 616
    SHARES
  • मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच सम्झौता

    काठमाडौं : मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपाल बीच महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गरी यस क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्य सहित सझौता भएको छ ।

    एक कार्यक्रम बीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमूख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग र महासंघको तर्फबाट महासंघका अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गर्नु भयो । 

    उक्त सम्झौता बमोजिम अगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आवद्ध घरेलु तथा साना उद्योगीहरुलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ व्याजदरमा कर्जा लगानी गर्ने र उद्यमीको विकासको लागि वित्तीय र व्यवसायिक साक्षारताको लागि सहकार्य गर्ने छ ।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ