काठमाडौँ : आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ६१ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले गत वर्ष १५६.६७ प्रतिशत बढी नाफा गरेको हो ।
इन्स्योरेन्सले असार मसान्तसम्म १ अर्ब ४१ करोड खुद आर्जित प्रिमियम उठाएको छ। जुन ९०.५६ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ७४ करोड ४२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
साथै, नाफासँगै इन्स्योरेन्सको ईपीएस १२.३३ रुपैयाँ बढेर २०.२१ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८७.७० रुपैयाँ तथा मूल्य आम्दानी अनुपात २७.६१ गुणा रहेको छ ।
समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ, विशेष जगेडा कोष २७.२४ प्रतिशत बढेर १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ, महाविपत्ती कोष २९.४२ प्रतिशत बढेर ८ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १४.२२ प्रतिशत बढेर ५० करोड ३३ लाख रुपैयाँ रहेको छ



