२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत :कुलमान घिसिङ

images

सत्कार खबर
  • २०८१ साउन २५, शुक्रबार
  • 591
    SHARES
  • ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत  :कुलमान घिसिङ

     काठमाडौं : नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले ट्रंक र डेडिकेटेड लाइनको बिल राखेर प्राधिकरण नाफामा देखाइएको भन्ने हल्ला गलत भएको बताउनु भएको छ ।

     दोस्रो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर घिसिङले  प्राधिकरणको ८२ अर्ब नाफामा विवादित डेडिकेटेड र ट्रंकलाइनको बिल नजोडिएको प्रष्ट  पार्नु भएको छ । 

    ‘ उहाँले भन्नु भयो,८ वर्षअघि करिब ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको विद्युत् प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड सञ्चित नाफामा गएको छ । 

    समग्रमा यतिबेला विद्युत् प्राधिकरण ८२ अर्ब रुपैयाँ नाफा देखिन्छ’ ‘तर यो विद्युत् महसुल वृद्धि गरेर र कुनै डेडिकेटेड र ट्रंक लाइनको बिल जोडेर भएको होइन ।’

    पछिल्लो ८ वर्षमा प्राधिकरणले करिब ८२ अर्ब रूपैयाँ नाफा कमाएको उहाले बताए। आर्थिक वर्ष २०७२र७३ मा प्राधिकरण ३५ अर्ब सञ्चित घाटामा रहेकोमा अहिले ४७ अर्ब सञ्चित नाफामा रहेको उहाँको दाबी छ । 

    आठ वर्षको अवधिमा विद्युतको प्रयोग उल्लेख्य बढेको उहाँको भनाई छ ।  प्रतिव्यक्ति विद्युत खपत १३१ युनिटबाट ४०० युनिट पुगेको, विद्युतको खपत बढेको कारण पेट्रोलको घटेको र विद्यतीय गाडी बढ्न थालेको उहाँले बताउनु भयो । 

    उहाँले प्राधिकरणले आर्थिक वर्ष २०७२र७३ मा ८ अर्ब रूपैयाँ घाटा बेहोरेकोमा त्यपछिका दिनमा कहिले घटामा जानु नपरेको बताउनु भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ