२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अमेरिकी डलरको मुल्य हालसम्मकै महँगो, कुन देशको मुद्रालाई कति ?

images

सत्कार खबर
  • २०८१ साउन २५, शुक्रबार
  • 831
    SHARES
  • अमेरिकी डलरको मुल्य हालसम्मकै महँगो, कुन देशको मुद्रालाई कति ?

    काठमाडौं : नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज शुक्रबार डलरको भाउ हालसम्मकै महँगो भएको छ । पछिल्लो केही दिन निरन्तर बढीरहेको अमेरिकी डलरको भाउ आज पनि बढेको हो । 

    बिहीबार एकको खरिदमा १३४ रुपैयाँ ०४ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

    यता, युरोपियन युरोको भाउ पनि बढेको छ। यसअघि एकको खरिद दर १४६ रुपैयाँ ४८ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ।  यसैगरी, अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । आज एकको खरिदमा ८७ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८८ रुपैयाँ २४ पैसा कायम भएको छ ।

    त्यस्तै, क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९५ पैसा तोकिएको छ । यता, जापानिज येनको भाउ पनि बढेको छ । यसअघि १० को खरिद मूल्य ९ रुपैयाँ १८ पैसा र बिक्री मूल्य ९ रुपैयाँ २२ पैसा रहेको छ। यसैगरी, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ६९ पैसा र बिक्रीमा १८ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा तोकिएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ