काठमाडौं : बागलुङको पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर बडिगाड गाउँपालिका–९ र १० मा हालसम्म ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वडा नम्बर १० मा ६ जना र ९ मा २ जनाको मृत्यु भएको बरालले बताए । मृत्यु हुनेमा मालती बुढा, मधु बुढा, सन्जु बिकको ६ महिने छोरी, मनोज बुढा, मन बुढा, मैतीदेवी बिक, विधान परियार र गङ्गा बस्नेत छन् ।
संगीता बुढा, सुमित्रा बिक, सीता थापा र मङ्गलसिंह बुढा घाइते भएका छन् । थप दुइजना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।



