काठमाडौं :अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। मंगलबार डलर हालसम्मकै महँगो भएको छ। मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ८६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ४६ पैसा तोकिएको छ।
यो मूल्य हालसम्मकै उच्च हो। यसअघि गत आइतबार डलरको भाउ १३४ रूपैयाँ ३१ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १५ पैसा बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ५६ पैसा र बिक्रीमा १४७ रूपैयाँ २१ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ६२ पैसा र बिक्रीदर १७१ रूपैयाँ ३९ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ३१ पैसा र बिक्रीमा ८६ रूपैयाँ ७० पैसा तोकिएको छ।



