२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिमलताल दुर्घटना : अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

images

सत्कार खबर
  • २०८१ साउन २२, मंगलबार
  • 896
    SHARES
  • सिमलताल दुर्घटना : अध्ययन कार्यदलले आज गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

     काठमाडौं : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै त्रिशुलीमा वेपत्ता दुई बस र यात्रुबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउने भएको छ ।

    आज दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई कार्यदलले प्रतिवेदन बुझाउने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    गृहमन्त्री लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वका तीन सुरक्षा निकायबाट तीन जना, भौतिक मन्त्रालयबाट एक जना गरी ५ जनाको कार्यदल गठन गरेका थिए ।

    गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको छन्।

    दुई बसमा सवार ६५ यात्रुमध्ये तीन जनाले हामफालेर ज्यान जोगाएका थिए भने २४ जनाको शव फेला परेको थियो । अझै दुई बस र बसमा सवार ३८ यात्रूको अवस्था अज्ञात रहेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ