काठमाडौँ : शिवपुरी अर्थात् झरना कि रानी ?
पानीले काकाकुल काठमाडौँकाे नजिकै टोखा नपा सँगै जोडिएको शिवपुरी गा.पाका, नुवाकोट ,वडा नं ५,६,६,८ मा साना र ठुला गरी करिब दर्जन अति सुन्दर छहराहरू रहेका छन्।
सामाखुसी चोकबाट करिब २५ किमी, टोखा - छहरे राजमार्गमा यात्रा गर्दा यस्ता झरना प्रस्रुत देख्न पाइन्छ। यी मध्ये पनि लौके झरना अति सुन्दर रूपमा देख्न पाइन्छ। टोखा छहरे मार्गमा यस्तो भौगोलिक विविधता पाइन्छ। यो मार्गकाे २५ कि मि यात्रामा ( जुन टोखा- छहरे सुरुङ मार्गले ४ कि मि बनाउने छ) शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै लेक, पहाड, तराई काे ( १९०० मि - ६००मि उचाइ )वातावरण अनुभव गर्न पाइन्छ जुन काठमाडौँ उपत्यकाबाट बाहिरको यात्राको लागि अद्बुध नै मान्न सकिन्छ।
कसरी जान सकिन्छ लाौके झरना( उ.११०० मि) ?
सामाखुसी चोकबाट २५ किमी, मोटरसाइकल बा सार्वजनिक बस वा निजी साधनमा १ घन्टा मा पुग्न सकिन्छ। मोटरसाइकल बाट जाँदा जम्मा ५०० मिटर जति पैदल हिँड्नु पर्छ भने साना सवारी तथा सार्वजनिक सवारीमा जाँदा ३ किमी पैदल यात्रा गर्नु पर्दछ।लौके झरना पुग्नु १ किमी अगावै प्रसिद्ध शिव मन्दिर थाना पति मन्दिर काे पनि दर्शन गर्न पाइन्छ।
छोटो छुट्टीको लागि र भौगोलिक विविधता मा रमाउने का लागि यो सहज र नजिकको यात्रा, हाईकिंग काे लागि अति उपयुक्त छ।



