२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बंगलादेशको आरक्षण विरोधी आन्दोलन:सरकारविरुद्ध मोडियो

images

सत्कार खबर
  • २०८१ साउन २१, सोमबार
  • 486
    SHARES
  • बंगलादेशको आरक्षण विरोधी आन्दोलन:सरकारविरुद्ध मोडियो

     काठमाडौं: बंगलादेशमा आरक्षण विरुद्ध जारी प्रदर्शनका क्रममा आइतबार भएको हिंसामा कम्तीमा ९० जनाको मृत्यु भएको छ ।

    विद्यार्थीहरूले आह्वान गरेको ‘पूर्ण असहयोग आन्दोलन’का क्रममा ढाकासहित देशका धेरै ठाउँमा हिंसा फैलियो ।

    सिराजगञ्जमा अत्यधिक मानवीय क्षति भएको छ जहाँ १३ जना प्रहरीसहित कम्तीमा १८ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् ।

    आरक्षण विरोधी आन्दोलनको रूपमा सुरु भएका प्रदर्शन अब सरकार विरोधी आन्दोलनमा बदलिएको छ ।

    विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै अवज्ञा आन्दोलनको घोषणा गरेका छन् ।

    आन्दोलनरत विद्यार्थीहरूको समूहले नागरिकलाई कर वा अन्य बिल नतिर्न अपिल गरेको छ । उनीहरूले सबै कलकारखाना र सार्वजनिक यातायात बन्द गर्न पनि आह्वान गरेका छन् ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ