२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

images

सत्कार खबर
  • २०८१ साउन १९, शनिबार
  • 721
    SHARES
  • पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न  प्रधानमन्त्री ओलीको निर्देशन


    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

    उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेको उडान चाप तथा यात्रु व्यवस्थापनलाई ध्यानमा राखेर दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सकिने विकल्प र उपायसहित वातावरण बनाउन निर्देशन दिनुभएको हो । 

    ती दुई विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि चासो देखाएका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानसम्बन्धी विषयलाई नियामक निकायले चाँडो टुङ्ग्याए सरकारले तालिकामा राखेर अगाडि बढाउने पनि उहाँले बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले यात्रु सेवा शुल्कमा कर लागेको भए घटाउने, पर्यटन कर नराख्नेलगायत विषयमा सम्बन्धित मन्त्रालय र निकायबाट गर्नुपर्ने भए गर्दै गर्न, मन्त्रिपरिषद्बारा निर्णय गर्नुपर्ने भए मन्त्रिपरिषद्को अबको बैठकमा योजना ल्याउन पनि आग्रह गर्नुभयो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ