२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

  केरलामा पहिरोले ४ गाउँ तहसनहस , ४१ जनाको मृत्यु, ४ सय बढि बेपत्ता

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 646
    SHARES
  •   केरलामा पहिरोले ४ गाउँ तहसनहस , ४१ जनाको मृत्यु, ४ सय बढि बेपत्ता


    एजेन्सी :भारतको केरला राज्यको वायनाड जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परेर हालसम्म ४१ जनाको मृत्यु भएको छ। पहिरोमा ४०० मानिस बेपत्ता भएका छन् ।

    वायनाडमा भारी वर्षाका कारण सोमबार राति नै ४ ठाउँमा पहिरो खसेको हो । यी पहिरोबाट ४ वटा गाउँ डुबानमा परेका छन् ।  सो क्षेत्रका घर, पुल, सडक र सवारीसाधन पनि बगेका छन् । हालसम्म ७० जना अस्पतालमा उपचाररत रहेको जनाइएको छ। 

    उद्धारका लागि एसडीआरएफ र एनडीआरएफका टोली घटनास्थलमा सक्रिय छन्। कन्नूरबाट २२५ सेनाका जवानहरूलाई वायनाड पठाइएको जनाइएको छ। यसमा मेडिकल टिम पनि सामेल छ । यसका साथै वायुसेनाका दुई हेलिकप्टर पनि उद्धार कार्यमा जुटेको दैनिक भास्करमा उल्लेख छ।

    वायनाडका ४ वटा गाउँ मुन्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुझामा पहिरो गएको हो । पाँच वर्षअघि २०१९ मा सोही गाउँमा पहिरोमा परेर १७ जनाको ज्यान गएको थियो । सो समयमा पहिरोमा परेर हराएका ५ जना अहिलेसम्म फेला परेका छैनन् । 

    भीषण वर्षाका क्रममा बिहान करिब १ बजे मुण्डक्काई टाउनमा पहिलो पहिरो गएको हो । मुण्डक्काईमा उद्धार कार्य जारी नै रहँदा बिहान ४ बजे चुरलमालास्थित विद्यालय नजिकै दोस्रो पहिरो खसेको बताइएको छ । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ