२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्री ओलीले बोलाए निर्देशन दिन सबै सचिव

images

सत्कार खबर
  • २०८१ साउन १५, मंगलबार
  • 841
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए    निर्देशन दिन सबै  सचिव

    काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीले आज सचिवहरुलाई आवश्यक निर्देशन दिने हुनुभएको छ । गत आइतबार ६ घण्टा सबै सचिवहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले नागरिकलाई छिटो सेवा प्रवाह र विकासका कामलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बारेमा राय  लिनु भएको थियो । 

    सचिवहरूले आफ्नो मन्त्रालयको कार्यप्रगति, वस्तुस्थिति, सुधारको मार्गचित्र, भावी कार्ययोजन, कार्यक्रम कार्यान्वयनका चुनौती र समाधानबारे प्रस्तुति दिएका थिए।

    बैठकमा सहभागी एक मन्त्रीका अनुसार सचिवहरूले निर्माण व्यवसायीको भुक्तानीको समस्यादेखि संविधानसँग बाझिएका कानुनहरू तत्काल संशोधन परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए।

    सचिवको ब्रिफिङ सुनेका ओलीले आज दिउसो २ बजे सबै सचिवहरुलाई प्रधानमन्त्री कार्यालय सिंहदरबार बोलाएको बताइएको छ । 

     बैठकमा उपप्रधानमन्त्री, मन्त्री प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागी हुनेछन्।

     

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ