२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एसइई मौका परीक्षाको तयारी पूरा, ५५० परीक्षा केन्द्र तोकियो

images

सत्कार खबर
  • २०८१ साउन १४, सोमबार
  • 786
    SHARES
  • एसइई मौका परीक्षाको तयारी पूरा, ५५० परीक्षा केन्द्र तोकियो

    काठमाडौं :माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा (ग्रेडवृद्धि)का लागि देशभर ५ सय ५० परीक्षा केन्द्र तोकिएका छन्। यही साउन २३ गतेदेखि हुने एसइई परीक्षा (ग्रेडवृद्धि)अर्थात् मौका परीक्षाको लागि उक्त परीक्षा केन्द्र तोकिएको हो।

    २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको एसइई परीक्षामा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुँदै छ। उक्त मौका परीक्षामा करिब दुई लाख विद्यार्थीहरू सहभागी हुँदै छन्। 

    ०८० को एसइई परीक्षा गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा सहभागी हुन ५ लाख ४ हजार विद्यार्थीले फाराम भरे पनि ४ लाख ६७ हजार ७८५ जनाले मात्रै परीक्षा दिए। परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित थिए। प्रवेशपत्र लिएकामध्ये पनि ८ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका थिए।

    राष्ट्रिय परीक्षा बोर्डले असार १३ गते एसइईको नतिजा सार्वजनिक गरेको थियो। तर सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए। ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना फेल (एनजी) भए।

    बोर्डले ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड अर्थात् विद्यार्थीहरू फेल हुने निर्णय गरेको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ