२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर

images

सत्कार खबर
  • २०८१ साउन १३, आइतबार
  • 561
    SHARES
  • पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा  दोषी ठहर

     काठमाडौं : पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको छ । 

    सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा आइतबार भएको अन्तिम सुनुवाइपछि जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनु भएको हो । 

    सर्वोच्चले एउटा मुद्दामा ९ महिना कैद सजाय पनि सुनाएको छ । जोशीलाई सर्वोच्चले ६९ लाख १५ हजार रुपैयाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको छ ।

    विशेष अदालतले उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ गैरकानुनी आर्जन गरेको फैसला दिएको थियो । त्यसबेला विशेषले उनलाई डेढ वर्ष कैद सजाय हुने फैसला सुनाएको  थियो ।

    जोशी भ्रष्टाचारमा मुछिएको प्रकरणमा सात थान मुद्दा सर्वोच्चमा थिए । ती सबैको छिनोफानो आइतबार भएको हो । जोशीले आफूसँग जोडिएका मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च गएका थिए ।

    २०६९ फागुन ६ गते सर्वोच्चमा जोशीविरुद्ध नेपाल सरकारले दर्ता गराएको निवेदनसहित उहाँले पनि दायर गरेको पुनरावेदन पेश भएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ