२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भरतपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

images

  • २०८१ साउन ११, शुक्रबार
  • 1.1K
    SHARES
  • भरतपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

    चितवन : भरतपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भने खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको हो । 

    जिल्ला प्रशासन कार्यालयका अनुसार बिहीबार साँझ सिद्धिबजारबाट घर फर्किँदा कयरखोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेलापरेको हो भने भरतपुर महानगरपालिका–८ अशोक चोकमा नम्बर नखुलेको सवारीसाधनले अधिकारी सवार मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका निजको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ