२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा कांग्रेसभित्रै असन्तुष्टि

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 576
    SHARES
  • लुम्बिनीमा विवादित दुई सांसदलाई मन्त्री बनाएकोमा कांग्रेसभित्रै असन्तुष्टि

      काठमाडौं:लुम्बिनी प्रदेशमा विवादित पृष्ठभूमिका दुई सांसदलाई मन्त्री बनाएकोमा सर्वत्र बिरोध भइरहेको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुन्डागर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बनेपछि बिरोध भएको हो ।

    उनीहरू दुवैलाई कांग्रेसले मन्त्रीमा सिफारिस गरेको हो । कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ ।

    राजनीतिक आडमा बादशाहमाथि अनुसन्धान नगरिएको भन्दै बाँकेकी अधिकारकर्मी रुवी खानको अगुवाइमा आन्दोलन हुँदै आएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

    यस्तै मन्त्रीमा नियुक्त भएका सरोज थापालाई गुन्डागर्दीको अभियोगमा प्रहरीले यसअघि पटकपटक पक्राउ गरेको थियो । विवादित छवि र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि बढेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ