२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत मात्र

images

  • २०८१ साउन ९, बुधबार
  • 1.1K
    SHARES
  • पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत मात्र

    भद्रपुर : जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा रु २ अर्ब १२ करोड ४६ लाख ५० हजार खर्च भएको छ । यो खर्च पुँजीगततर्फ विनियोजित रकमको ७३.३९ प्रतिशत हो ।

    उक्त कार्यालयका सूचना अधिकारी उत्तम नारायण खरेलका अनुुसार प्रदेश स्रोत, सङ्घ सशर्त र समपूरक गरी जम्मा दुई अर्ब १२ करोड ४६ लाख ५० हजार पुँजीगततर्फ विनियोजन भएको थियो । “चालुतर्फ विनियोजित २ करोड ३० लाखमध्ये १ करोड ७६ लाख ४६ हजार अर्थात् ७७ प्रतिशत रकम खर्च हुँदा समग्रमा ७३.४३ प्रतिशत खर्च भएको छ”, उहाँले भन्नुभयो । 

    झापा र इलाम दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयले गत आवमा झापामा चार र इलाममा दुई गरी छवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको थियो । यसैगरी, गत आवमा २६.७३ किमी सडक कालोपत्र, २७.५८ किमी सडक ग्राभेल, १७.५ किमी सडक मर्मत, ३ किमी कच्ची सडक, १.३७ किमी पिसिसी र २.२० किमी सडक सोलिङ गर्ने काम सम्पन्न भएको छ । झापा जिल्लामा २ वटा बहुवर्षीय सडकको २०.४७ किमी निर्माण सम्पन्न भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ