२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

माओवादीलाई गिरीको प्रश्न : उद्योगीहरूसँग विद्युत् महसुल किन असुली गरिएन ?

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 646
    SHARES
  • माओवादीलाई गिरीको प्रश्न : उद्योगीहरूसँग विद्युत् महसुल किन असुली गरिएन ?

    काठमाडौं :सत्तारुढ नेकपा (एमाले)का सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीले नियम बमोजिम उद्योगीहरुले पनि विद्युत महशुल तिर्नुपर्छ भन्ने अभिव्यक्तिमाथि नेकपा (माओवादी केन्द्र)ले भ्रम छर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

    मंगलवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले माओवादी केन्द्रका सांसदहरुले उद्योगी व्यवसायीहरुसँग लेनदेन गरेर विद्युत महशुल तिर्न नपर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री ओलीले दिएजस्तो गरी आम जनतामा भ्रम छर्ने खालो अभिव्यक्ति दिएको जिकिर गर्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

    सांसद गिरीले विगत ८÷१० वर्षयता अधिकांश समय ऊर्जा मन्त्रालय माओवादी केन्द्रले सम्हालेको उल्लेख गर्दै सो समयको विद्युत महशुल किन असुल गर्न नसकेको भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले केही आर्थिक लेनदेनका लागि डेडिकेटेड लाईन र ट्रंक लाईनको महशुलमा बार्गेनिङ गरेर माओवादी केन्द्रले उद्योगीहरुमाथि अनुचित लाभ लिन खोजेको पनि विगतमा देखिएको आरोप लगाउनु भयो । सांसद गिरीले वर्तमान सरकारले नियम बमोजिक सबै उद्योगीहरुसँग विद्युत महशुल लिने पनि बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ