२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भारतमा वार्षिक बजेट सार्वजनिक, वृद्धिदर अनुमान ७ प्रतिशत

images

सत्कार खबर
  • २०८१ साउन ८, मंगलबार
  • 606
    SHARES
  • भारतमा वार्षिक बजेट सार्वजनिक, वृद्धिदर अनुमान ७ प्रतिशत

    एजेन्सी:भारतमा आज आर्थिक वर्ष २०२४–२०२५ का लागि वार्षिक बजेट पेश हुँदैछ । विश्वकोे पाँचौँ ठूलो अर्थतन्त्र भएको भारतको अर्थतन्त्र नयाँ आर्थिक वर्षमा ७ प्रतिशतले बढ्ने त्यहाँको सरकारी अनुमान छ ।

    त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले लगातार सातौंपटक बजेट ल्याउन लागेकी हुन् । कुनै अर्थमन्त्रीले लगातार सातपटक बजेट पेश गरेको रेकर्ड वित्तमन्त्री निर्मलाले बनाउँदैछिन् । यसअघि मोरारजी देसाईले लगातार ६ आर्थिक वर्षको बजेट पेश गरेका थिए ।

    आउँदो बजेट प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको पहिलो बजेट पनि हो । बजेट पेश गर्न उनले राष्ट्रपति द्रौपदी मुर्मूसँग अनुमति लिएकी थिइन् । उनले संसद्मा ११ बजेदेखि बजेट पढिरहेकी छिन् ।बजेट ल्याउनुअघि वित्तमन्त्री सीतारमणले संसद्मा आर्थिक सर्वेक्षण २०२३–२४ पेश गरेकी थिइन् । चालु आर्थिक वर्षमाा महँगीदर ४।५ प्रतिशत रहेको र आगामी आर्थिक वर्ष २०२५–२६ मा घटेर ४।१ प्रतिशत कायम हुने उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ