२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओलीले आज संसदमा सांसदको प्रश्नको जवाफ दिने

images

सत्कार खबर
  • २०८१ साउन ७, सोमबार
  • 536
    SHARES
  • प्रधानमन्त्री ओलीले आज संसदमा सांसदको प्रश्नको जवाफ दिने

     काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच सोमबार प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सांसदले उठाएका प्रश्नको जवाफ दिनुहुने भएको हो । 

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ। नियमावलीमा प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको एक घण्टा प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधि सभामा प्रश्नका लागि वर्णानुक्रम अनुसार सदस्यहरूको समूह विभाजन गरेको छ। समूहका सदस्यले मात्र प्रश्न गर्न पाउँछन्।

    संसदमा प्रधानमन्त्रीको यो पहिलो प्रश्नोत्तर हो। गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका उहााले आइतबार मात्र संसदमा विश्वासको मत लिनु भएको हो । 

    प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची पनि छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ