२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

images

  • २०८१ साउन ७, सोमबार
  • 741
    SHARES
  • क्यान्सर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ

    चितवन : वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  घुससहित पक्राउ गरेको छ । अख्तियारको टोलीले कोइरालालाई भरतपुर महानगरपालिका वडा नं. ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट हिजो दिउँसो घुससहित पक्राउ गरेको हो ।
     
    आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु १ लाख ५० हजार नगद र रु ४ लाख ५० हजारको चेकसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।  
      
    कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उहाँको भनाइ छ । अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ