२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

 बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 981
    SHARES
  •  बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु

    काठमाडौं : बंगलदेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा भएको छ । हिंसा नियन्त्रण गर्न सरकारले कर्फ्यूको घोषणा गरेको हो । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । तर ज्यान गुमाउनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अुनमान गरिएको छ ।

    बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूले आन्दोलन गर्दै आएका छन् ।

    राजधानी ढाकालगायतका शहरमा ठुलो सङ्ख्यामा सुरक्षा बल तैनाथ गरिएको छ । हिजो नरसिङदीको कारागारमा आक्रमण हुँदा सयौँ कैदी बाहिरीएपछि प्रधानमन्त्रीको कार्यालयले देशव्यापी कर्फ्यूको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गर्ने तयारी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ