२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सिमलताल दुर्घटना :  त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली नेपालमा 

images

सत्कार खबर
  • २०८१ साउन ५, शनिबार
  • 651
    SHARES
  • सिमलताल दुर्घटना :  त्रिशूलीमा बेपत्ता बस र शवको खोजीका लागि भारतीय उद्धार टोली नेपालमा 

    काठमाडौं : पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।  त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ । गएराति हिँडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ । आजैै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ ।

    प्रहरीका अनुसार विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्नेे छ । नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्  बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ ।

    ३७ जना हराइरहेका छन् । गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुवै बसमा गरी ६५ यात्रु थिए । तीनजनाले पौडिएर ज्यान जोगाएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ