२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,ज्यान गुमाउनेको सङ्ख्या १९ पुग्यो

images

  • २०८१ साउन ४, शुक्रबार
  • 776
    SHARES
  • बंगलादेशमा हिंस्रक आन्दोलन थप चर्कियो,ज्यान गुमाउनेको सङ्ख्या १९ पुग्यो

    एजेन्सी : आरक्षण विरुद्ध चलिरहेको आन्दोलनका क्रममा बङ्गलादेशका विभिन्न भागमा अहिलेसम्म कम्तीमा १९ जनाको ज्यान गएको छ । सयौँ मानिस घाइते भएका छन् । देशैभर आन्दोलन हिंसात्मक  बन्दा धेरै ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको जनाएको छ ।

    आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द गरिएको छ । प्रदर्शनकारीले सरकारी जागिरमा आरक्षण खारेज गर्नुपर्ने माग गरेका छन् ।

    यसैबीच, प्रदर्शनका क्रममा बङ्गलादेशको राष्ट्रिय च्यानल बीटीभीको कार्यालयमा हिजो दिउँसो आगलागी हुँदा धेरै मानिस त्यहाँ फसेका छन् । आगो निभाउन समयमा दमकल पनि नआएको र सुरक्षाकर्मीले पनि आवश्यक सहयोग नगरेको बिटिभीका अध्यक्षले बताएका खबरमा उल्लेख छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ