२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि थाल्यो

images

सत्कार खबर
  • २०८१ साउन २, बुधबार
  • 1.2K
    SHARES
  • महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि थाल्यो


    काठमाडौं :महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम सुरु गरेको छ। उच्च अदालत पाटनबाट आदेश आएसँगै महानगरपालिकाले न्यूरोडमा सडक भत्काएर बुधबारबाट फुटपाथ विस्तारको काम थालेको हो। यस अगाडि सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुँदा विवाद भएको थियो ।

    मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायाँबायाँ सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले उक्त क्षेत्रको सडक मर्मत गर्दै पुनस् कालोपत्रे गरेको थियो।  

    विवादका बीच रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वयको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि विभागले गरेको पिच भत्काएर काम अगाडि बढाइएको हो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ