२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

११ महिनामा ५५ हजार बढी पर्यटकले गरे खुम्बुक्षेत्रको भ्रमण

images

  • २०८१ असार २६, बुधबार
  • 541
    SHARES
  • ११ महिनामा ५५ हजार बढी पर्यटकले गरे खुम्बुक्षेत्रको भ्रमण

    सोलुखुम्बु : चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ५५ हजार ९ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । 

    गत साउनदेखि यही जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार ४ सय २ जना विदेशी र ७ हजार ५ सय ७७ जना नेपाली छन् । 

    यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उहाँको भनाइ छ । 

    चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले रु १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत् नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति रु तीन हजार रुपैयाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ