२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

images

  • २०८१ असार २५, मंगलबार
  • 1.0K
    SHARES
  • लोपोन्मुख समुदायको आर्थिकस्तर उकास्न बाख्रापालन

    बाँके : बाँकेका लोपोन्मुख तथा अति पिछडिएका जातजातिको आर्थिकस्तर वृद्धि गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ । 

    भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेद्वारा यहाँ एक कार्यक्रम गरी अति पिछडिएका नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका एक सय परिवारलाई बाख्रा वितरण गरिएको हो । 

    लुम्बिनी प्रदेश सरकारका कृषिमन्त्री भण्डारीलाल यादवले लोपोन्मुख जातिका रुपमा रहेका किंङ्गघरिया, कुछबधिया, मुसहर, नटवा र पासी जातिका विपन्न र पिछडिएका परिवारलाई प्रतिपरिवार तीनवटाको दरले सय परिवारलाई बाख्रा वितरण गर्नुभयो । 

    मन्त्री यादवले प्रदेश सरकारले लोपोन्मुख तथा अति विपन्न समुदायको जीवनस्तर उकास्न उनीहरुको आयआर्जन वृद्धि गरी सबल बनाइने बताउनुभयो । 

    आयआर्जनका लागि नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० र २२ कासाथै डुडुवा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ का हरेक वडाबाट २० परिवारको छनोट गरेर बाख्रा वितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ