२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सेयर बजार

दोहोरो अंकले घटेको सेयर बजारमा ५७ करोडको कारोबार

images

  • २०८० कात्तिक १४, मंगलबार
  • 1.1K
    SHARES
  • दोहोरो अंकले घटेको सेयर बजारमा ५७ करोडको कारोबार

    कात्तिक १४, काठमाडौं  : साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १४.२९ अंक घटेर १८६४.४० को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स १.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५३ अंक घटेको छ।

    आज मंगलबार सबै १३ उपसमूह परिसूचक घटेका छन्। हिजो ९६ करोडको शेयर कारोबार भएको बजारमा आज २८७ स्टकको २५ हजार ६२५ पटकको कारोबारमा ५७ करोड १४ लाख रुपैयाँ बराबरको २५ लाख ५ हजार कित्ता शेयर कारोबार भएको छ।

    आज ५५ स्टकको मूल्य बढेको छ भने २१८ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य यस दिन स्थिर रहेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक  सर्वाधिक १.४६ प्रतिशत घटेको छ भने अन्य उप-समूहहरु भने १ प्रतिशतभन्दा कम रहेको छ।

     

    कारोबार रकमका आधारमा आज सूर्य ज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा, १ करोड ७० लाख ११ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख, नबिल बैंक १ करोड ४८ लाख  रुपैयाँको सेयर कारोबार भएको छ।

    सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ। गत आइतबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ३० पैसा २५५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ