२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण

images

  • २०८१ असार १८, मंगलबार
  • 1.0K
    SHARES
  • पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत रकम हस्तान्तरण

    गुल्मी : गुल्मीको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा शनिबार पहिरोमा परी मृत्यु भएका भेषबहादुर विकको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । 

    जिल्ला विपद् व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।  प्रजिअ शर्माले आज सङ्घीय सरकार र प्रदेश सरकारको विपद् व्यवस्थापन कोषबाट प्राप्त रु ११ लाख रकम मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल, उपाध्यक्ष उपेन्द्र अर्याल एवं वडाध्यक्ष दीपक भण्डारीसहितको रोहबरमा मृतकका परिवारलाई हस्तान्तरण गर्नुभएको हो । 

    मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्यालले विपद्को घडीमा पालिकावासीलाई धैर्य रहन आग्रह गर्दै पालिकाको तर्फबाट पीडत परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सङ्घ र प्रदेश सरकारबाट प्राप्त हुने सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । 

    गत शनिबार जिल्लाको मालिका गाउँपालिका–६ स्थित कँडेलपाटामा आएको पहिराले भेषबहादुर विकको घर पुरिँदा उहाँसहित उहाँकी श्रीमती सुन्तली विक, बुहारी सीता विक, नातिनीहरू विपना विक र सपना विकको घटनास्थलमै मृत्यु भएको थियो । पहिराका कारण सोही गाउँका अन्य घर जोखिममा छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ