२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१७.०४ अङ्कको गिरावटपछि २०९५ को बिन्दुमा नेप्से, ५ अर्ब ४७ करोडको कारोबार

images

  • २०८१ असार २, आइतबार
  • 931
    SHARES
  • १७.०४ अङ्कको गिरावटपछि २०९५ को बिन्दुमा नेप्से,  ५ अर्ब ४७ करोडको कारोबार

    काठमाडौँ : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १७.०४ अंक घटेर २०९५.२५ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ३.२५ अंक, फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।

    आज २ कम्पनीको शेयर सर्किट लेगेको छ जसमा नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको रहेका छन् भने भगवती हाइड्रोपावर हाइड्रोपावरको शेयर सर्वाधिक १० प्रतिशत घटेको छ।

    आज १३ उपसमूहमध्ये होटल तथा पयर्टन उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०४ प्रतिशत बढेको छ भने लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ तथा विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत बिहीबार ६ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३ सय १७ कम्पनीको ७१ हजार ९ सय ९७ पटकको कारोबारमा ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँ बराबरको १ करोड ३२ लाख २३ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज ६४ कम्पनीको मूल्य बढेको छ भने ११७ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ६ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा ३० करोड ४० लाख,  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट १८ करोड तथा ङादी ग्रुपको १५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ