२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६.३७ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार?

images

  • २०८१ जेठ ३०, बुधबार
  • 1.0K
    SHARES
  • ६.३७ अङ्कले बढ्यो नेप्से, ५ अर्ब ८९ करोडको कारोबार?

    काठमाडौँ : आज बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ६.३७ अंक बढेर २१२१.६२ विन्दुमा पुगेको छ। त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स १.६७ अंक, फ्लोट इण्डेक्स ०.५२ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६० अंक बढेको छ।

    आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा २७ करोड ६३ लाख रुपैयाँ, सिईडिबी हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनीको करिब साढे २४ करोड तथा  ग्रीनलाइफ हाइड्रोपावरको करिब २० करोडको शेयर किनबेच भएको छ।

    आज ११९ कम्पनीको मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ तथा बाँकी १३ कम्पनीको मूल्य स्थिर रहेको छ। आज ४ कम्पनीको शेयर सर्किट लागेको छ जसमा समृद्धि फाइनान्स, मिड सोलु हाइड्रोपावर, साधना लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावर रहेका छन् भने सयपत्री हाइड्रोपावरको शेयर साढे ४ प्रतिशत घटेको छ।

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। आज १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०७ प्रशित बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको हो।

    हिजो मंगलबार ५ अर्ब ५५ करोडको शेयर किनबेच भएको बजारमा आज ३ सय १२ कम्पनीको ७४ हजार ८ सय ५८ पटकको कारोबारमा ५ अर्ब ८९ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड २९ लाख कित्ता शेयर किनबेच भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ